अजय देवगनले तानाजीबाट पाए उत्कृष्ट अभिनेताको पुरस्कार
मुम्बई– बलिउड अभिनेता अजय देवगनले आफ्नो फिल्म तानाजीका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पाएका छन् ।
६८औँ राष्ट्रिय चलचित्र अवार्डमा यो वर्ष दुई कलाकारले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । अजय देवगनसँगै तमिल फिल्मका अभिनेता सुर्यालाई पनि यो वर्ष उनको फिल्म सूरराई पोत्रुका लागि यो अवार्ड दिइएको छ ।
मलायालम र तमिल सिनेमामा काम गरिसकेकी अभिनेत्री अपर्णा बालामुरलीले सुराराई पोत्रुमा उत्कृष्ट अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।
मलायालम र तमिल सिनेमामा काम गरिसकेकी अभिनेत्री अपर्णा बालामुरलीले सुराराई पोत्रुमा उत्कृष्ट अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।
सर्वोत्कृष्ट हिन्दी फिल्मको अवार्ड ‘तुलसीदास जूनियर’ र उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘सूरराई पोत्रु’ (तमिल) ले पाए ।
योसँगै ‘तानाजीः द अनसंग वारियर’ले सर्वोत्कृष्ट लोकप्रिय चलचित्रको अवार्ड पाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:११
प्रतिक्रिया दिनुहोस्