यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४१
प्रतिक्रिया दिनुहोस्