Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो, २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - प्रभु बैंकको नाफा ५१ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन पोहोर असार मसान्तमा मात्र एक अर्ब ७२ करोड रुपैयाँ हो ।

बैंकले कर्जा जोखिम व्यवस्थापन बापत छुट्याएको ३८ करोड ७९ लाख रुपैयाँ रकम रिभर्स भएपछि नाफामा उल्लेख्य सुधार भएको हो । बैंकको खुद ब्याज आम्दानी २३ प्रतिशत बढ्दा खुद फी तथा कमिसन आम्दानी करिब २७ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा पनि ४७.७५ प्रतिशत बढेको छ ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप ८.३७ प्रतिशत बढेको हो भने कर्जा बिस्तारमा ८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको सीडी रेसियो पनि ७८.३५ प्रतिशत मात्र छ । खुद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको देखियो । करिब ४.६६ प्रतिशतले मुनाफा घट्दा बैंकसँग हाल एक अर्ब ४१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छ । जसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि ११ प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने देखिन्छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५.३० रुपैयाँ बढेर २०.४६ रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:०६
प्रतिक्रिया दिनुहोस्