Nic Ad Nic Ad
Nic Ad Nic Ad

पानीफोटोकी मेनुका भन्छिन्–आमाको पीडालाई भन्न नसकिने रहेछ

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–अभिनेत्री मेनुका प्रधानले आफ्नो करियरमा झण्डै दुई दर्जन फिल्ममा अभिनय गरेकी छिन् । उनले जति फिल्ममा अभिनय गरेकी छन्, उनको अभिनयमा अब्बलता प्रष्ट देखिन्छ । हरेक फिल्ममा उनले अभिनयको छाप छोड्छिन् । यिनै मेनुकाको अभिनय रहेको फिल्म ‘पानीफोटो’ यही साउन १३ गतेबाट नेपालमा रिलिज हुँदैछ । फिल्ममा उनले सशस्त्र द्वन्द्वमा वेपत्ता भएको छोरालाई पर्खिरहेकी आमाको भूमिकामा अभिनय गरेकी छन् । मेनुकाले आफ्नो परिवार तथा नजिकका आफन्तमा फिल्मको कथाजस्तो अनुभव त गरेकी छैनन् । तर उनले फिल्मका निर्देशक खगेन्द्र लामिछानेबाट धेरै कुरा सिक्न पाएकी छन् । ‘मसँग द्वन्द्वको पीडाको व्यक्तिगत अनुभव त केही पनि छैन । तर, फिल्मको सुटिङअघि र सुटिङ भइरहँदा खगेन्द्र दाईले त्यो कथाहरु भित्री रुपमा महशुस गरोस् भनेर भावुक भएर भन्नुहुन्थ्यो । त्यो कथाले मलाई छुन्थ्यो’,हालैको भेटमा मेनुकाले भनिन्, ‘खगेन्द्र दाईको कुरालाई वास्तविक अर्थमा बुझ्दा निकै मार्मिक रहेछ । मैले वेपत्ता छोराकी आमाको चरित्र निर्वाह गरेकी छु । आमाको त्यो पीडालाई भन्न नसकिने रहेछ । छोरासँगको त्यो मायाले, जिद्धीपनले सधैं तानिरहेको हुँदोरहेछ ।’ ‘पानीफोटो’मा आमाको चरित्रमा अभिनय गरिरहँदा मेनुकाले मायाको अर्थलाई नजिकबाट बुझेकी रहिछन् । ‘छोराप्रति आमाको माया कति शक्तिशाली हुँदो रहेछ भन्ने मैले पानीफोटोबाट थाहा पाएँ । फिल्ममा अभिनय गरिरहँदा माया भन्ने चिज पावरहाउस नै रहेछ भन्ने अनुभव भयो । आमाको महत्व थाहा पाएँ,’ मेनुका भन्छिन् । निर्देशक खगेन्द्रले सन् २०१० मा गुरुकुलमा मञ्चन गरेको नाटक ‘पानीफोटो’मा आधारित रहेर फिल्म बनाएका हुन् । नाटकमा अभिनेत्री अरुणा कार्कीले आमाको भूमिका निर्वाह गरेकी थिइन् । ‘त्यो नाटक हेर्दा अरुणा दिदीको अभिनयबाट प्रभावित थिएँ । मेरो कलिलो दिमागले नाटकको कथा नबुझे पनि अरुणा दिदीको अभिनयले धेरै भावुक भएँ’, मेनुका भन्छिन् । फिल्ममा खगेन्द्र र मेनुका सँगै अनुप बराल, प्रकाश घिमिरे, मलिका महतलगायतका कलाकारको अभिनय छ । https://www.youtube.com/watch?v=1_-0Wiyp_EY
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४५
प्रतिक्रिया दिनुहोस्