फिल्म नपाउँदा डिजे बनेका थिए बबी
मुम्बई–फिल्म ‘वर्षात’बाट अभिनय यात्रा सुरु गरेका अभिनेता बबी देवल यही फिल्मबाट रातारात स्टार बनेका थिए । तर यसपछिका उनका कुनै पनि फिल्म सफल हुन सकेनन् । उनका अधिकांश फिल्म बक्सअफिसमा फ्लप साबित भए ।
बबीको जीवनमा एक यस्तो क्षण पनि आयो, जब उनले नयाँदिल्लीको एक नाइट क्लबमा डीजेको कामसमेत गरे ।
फिल्म ‘वर्षात’पछि उनले ‘गुप्त’, ‘सोल्जर’ र ‘विच्छु’ जस्ता फिल्ममा अभिनय गरे । यी फिल्ममा उनको चरित्रलाई दर्शकले खुबै मनपराए । तर त्यसपछिका फिल्ममा भने उनले सोचे जस्तो सफलता पाउन सकेनन् । उनले सफलता त पाएनन् नै कुनै पनि निर्माता र निर्देशकले उनलाई अनुबन्ध गर्नै चाहेनन् ।
फिल्मबाट काम नपाएपछि उनले सन् २०१६ मा नयाँदिल्लीको एक नाइट क्लबमा डिजेको जागिर नै खाए । करियरको दोस्रो चरणमा बबीले सलमान खानका साथ फिल्म ‘रेस ३’मा काम गरे । यो फिल्ममा उनले अभिनयबाट राम्रो प्रशंसा पाए ।
यो फिल्मपछि उनले वेब सिरिज ‘आश्रम’मा अभिनय गरे । वेब सिरिजको सफलतापछि बबीले गुमाएको लोकप्रियतालाई पुनः फिर्ता गराए ।
–एबीपीलाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:४४
प्रतिक्रिया दिनुहोस्