Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्झौता भएको २४ घण्टा बित्न नपाउँदै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसी आक्रमण

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा मिसाइल आक्रमण भएको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ । युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए । तीमध्ये दुईवटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसेका थिए । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी रहेको जनाएको छ । ओडेसाबाट मन्त्री बनेका ओलेक्सी गोन्चारेन्कोले रुसले बन्दरगाहमा आक्रमण गरेर सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गरेको छ र अन्न निर्यात सम्बन्धी सम्झौता लागू गर्न आवश्यक रहेको जनाएको छ । यसैगरी युरोपेली संघका विदेश नीति मामिलाका प्रमुख जुसेप बुरेलले अन्न निर्यातका लागि महत्वपूर्ण स्थानमा हमला गरेर अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्