Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नो पार्टीले पन्जाबको मुख्यमन्त्री नपाएपछि इमरान खान क्रुद्ध

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी । पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबमा मुख्यमन्त्री ९सीएम० हम्जा शाहबाजको ‘आश्चर्यजनक’ विजयपछि आज शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

पञ्जाब विधानसभाको चुनावपछि पाकिस्तान मुस्लिम लिग – नवाज (पीएमएल–एन) का उम्मेदवार हम्जा शाहबाज पुन: पञ्जाबको मुख्यमन्त्रीको पदमा निर्वाचित भएपछि पीटीआई अध्यक्ष खानले जनतालाई सम्बोधन गर्न लागेका हुन् । उपसभामुखले पाकिस्तान मुस्लिम लिग–कायद (पीएमएल–क्यु)को १० मत खारेज गरेपछि हम्जाको जित सुनिश्चित भएको थियो ।

खानले पाकिस्तान पीपुल्स पार्टी ९पीपीपी० का नेता आसिफ जर्दारीलाई पञ्जाबको मुख्यमन्त्री (मुख्यमन्त्री) चुनावअघि हर्स ट्रेडुको आरोप लगाएका छन् ।

यसैबीच, पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पीटीआईका उपाध्यक्ष शाह महमुद कुरेसीले पनि उपसभामुखको निर्णयको आलोचना गरेका छन् । हालै भएको पन्जाब विधान सभा निर्वाचनमा खानको पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआइ) विजयी भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४२
प्रतिक्रिया दिनुहोस्