Nic Ad Nic Ad
Nic Ad Nic Ad

डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी– योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् ।

आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ हेक्टरमा फैलिएको यो डढेलो हाल अमेरिकामा सक्रिय सबैभन्दा ठूलो हो ।

म्यारिपोसा काउन्टीमा आपत्काल नै घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको जानकारी दिएका छन् ।

अमेरिकामा यतिबेला तातो हावाको कहर रहेको छ । मारिपोसामा शनिबार तापक्रम ३५।५ डिग्री सेल्सियस पुगेको थियो । यो क्रम केही दिनसम्म जारी रहने बताइएको छ ।

बीबीसीबाट साभार

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्