बराबरीमा रोकियो युनाईटेड
काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लासँग बराबरी खेलेको छ ।
अष्ट्रेलियाको पर्थमा शनिबार भएको मैत्रीपूर्णमा युनाईटेडले एस्टनसँग २(२ गोलको बराबरी खेलेको हो ।
दुई गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो । खेलको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा म्याटी क्यासले आत्मघाती गोल गर्दा युनाईटेड २(० ले अघि रह्यो । तर, खेलको ४९ औं मिनेटमा लिओन बेलीले गोल गर्दै एस्टनलाई २(१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा कलुम च्याम्बर्सले गोल गर्दै एस्टनलाई २(२ गोलको बराबरीमा ल्याए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:३३
प्रतिक्रिया दिनुहोस्