Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तान श्रीलंकाको अवस्था भन्दा धेरै टाढा छैन : इमरान खान

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-इ-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्था भन्दा धेरै टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’ को लागि सडकमा उत्रने समेत उनले चेतावनी दिएका छन् ।

खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए ।

‘हामी श्रीलंकाको अवस्थाभन्दा टाढा छैनौं जब हाम्रा जनता सडकमा उत्रने छन्’, खानले भने, ‘पाकिस्तानको ३० वर्षसम्म लुटेर अवैध रूपमा जम्मा गरिएको सम्पत्ति बचाउनका लागि तीन महिनामा जरदारी- शरीफको माफियाले देशलाई राजनीतिक र आर्थिक रूपमा देशलाई घुँडा टेकाएको छ ।’ खानले यसअघि आफ्नो सत्ता ढल्नुमा अमेरिकालाई दोष लगाएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्