Nic Ad Nic Ad
Nic Ad Nic Ad

ममताको टपलेस फोटोसुटमा मुद्धा

बिहीबार, मंसिर ८, २०७९
मुम्बई— बलिउड अभिनेता रणवीर सिंहले हालैमात्र एक पत्रिकाका लागि न्यूड फोटोसुट गरेपछि उनी चर्चासँगै विवादमा तानिए । उनको तस्वीरमा अभिनेत्रीदेखि राजनेत्रीसम्मले प्रतिक्रिया दिए । यो सुटका लागि रणवीरले निकै तारिफ पनि पाए । तर बलिउडमा वर्षौ पहिले एक अभिनेत्रीले यस्तै टपलेस फोटोसुट गर्दा उनी निकै विवादमा तानिएकी थिइन् । सन् ९० को दशककी सुन्दरी अभिनेत्री ममता कुलकर्णीले टपलेस फोटोसुट गर्दा हंगामा नै मच्चिएको थियो । ममताले फिल्म ‘तिरंगा’बाट बलिउडमा पाइला चालिन् । उनले कम समयमै बलिउडका लोकप्रियता कमाईन् । सन् १९९३ मा सैफ अली खानसँग फिल्म ‘आशिक आवारा’मा अभिनय गरिन् । यो फिल्ममा उनको कामको राम्रो तारिफ भएको थियो । तर ममता आफ्नो फिल्मभन्दा पनि बढी विवादका कारण चर्चामा थिइन् । यस्तो विवाद उनको टपलेस फोटोसुटमा पनि देखिएको थियो । सन् १९९३ मा स्टारडस्ट पत्रिकाले फोटोसुटका लागि एक सुन्दर अभिनेत्रीको खोजी गरिरहेको थियो । पत्रिकाले धेरै ठूला अभिनेत्रीहरुलाई अफर गरेको थियो, तर कसैले पनि पत्रिकाको प्रस्तावलाई मानेका थिएनन् । त्यसपछि प्रख्यात फोटोग्राफर जयेश सेठले ममतालाई प्रस्ताव गरे । फोटोसुटका लागि उनी राजी भईन् । जसै पत्रिका बजारमा आयो, त्यसले तहल्का पिट्यो । यो पत्रिकाको मूल्य २० रुपैंयाँ भए पनि ब्ल्याकमा सय रुपैंयाँसम्ममा बिक्यो । ममतालाई यो फोटोसुटले लोकप्रिय बनाए पनि फोटोसुटविरुद्ध मानिसको रिस उस्तै थियो । टपलेस फोटोसुटका कारण उनले मुद्धा पनि खेप्नुपर्यो । उनले जरिमाना नै तिरिन् । उनलाई ज्यानको धम्कीसमेत आयो । —दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्