Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा, नेप्से ६१ अङ्कले बढ्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६१ दशमलव शून्य ५ अङ्कले बढेर दुई हजार ७८ दशमलव ५१ विन्दुमा पुगेको हो । आज सबै समूहको शेयर बढेर बजार हरियो भएकोमा फाइनान्स, बीमा, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । दुई सय १९ वटा कम्पनीका ६४ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख तथा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया र अरुण काबेली हाइड्रोको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार