भारतको बिहारमा विष्फोट हुँदा ६ जनाको मृत्यु
काठमाडौँ– भारतको बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको हो ।
सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।
उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:०४
प्रतिक्रिया दिनुहोस्