राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि
काठमाडौँ– महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:३३
प्रतिक्रिया दिनुहोस्