Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ यू-२० च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग खेल्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा सुरु हुँदैछ।

कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

त्यसैले नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए ।

माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपालविरुद्ध कठिन भएपनि उत्कृष्ट खेल्ने बताएका छन् ।

च्याम्पियनसिप अन्तर्गत नै सोमबार हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्