सोच्नुहोस् र धनी बन्नुहोस् - सबै उपलब्धिको सुरुवाती विन्दु
एडविन सी. वार्न्स ओरेन्ज न्यूजर्सीमा पचास वर्ष पहिले रेलबाट झरे । त्यस वेला उनी कुनै फुटपाथमा बस्ने मानिसजस्तै देखिन्थे । उनको विचार भने दृढ थियो ।
रेल स्टेशनबाट उनी थोमस एल्बा एडिसनको अफिसतर्फ जाँदै थिए । उनको मस्तिष्कले आफ्नो काम गरिरहेका थियो । कल्पनामै उनले आफूलाई एडिसनको सामुन्ने उभिएको देखे ।
उनी एडिसनको सामुन्ने आफ्नो जीवनको एकलौटी प्रबल इच्छा व्यक्त गरिरहेका थिए । महान् आविष्कारकका बिजेनस पार्टनर बन्ने प्रस्ताव राख्दै थिए ।
वान्र्सको इच्छा केवल आशा थिएन । केवल कामना थिएन । एक प्रबल इच्छा थियो । जुन उनको लागि सबैभन्दा माथि थियो । जसले प्रत्येक कुरा पार गर्थ्यो । उनको इच्छा एक निष्ठ थियो । उनमा एक निश्चित लक्ष्य थियो ।
केही वर्ष बित्यो । एडविन सी. वान्र्स एक पटक फेरि एडिसनको सामुन्ने उभिएका थिए । एडिसनसँग पहिलो पटक भेटेकै अफिसमा । यस पटक उनको प्रबल इच्छा वास्तविकतामा बदलिसकेको थियो । उनी एडिसनसित मिलेर बिजनेस गरिरहेका थिए । उनको जीवनको सबैभन्दा ठूलो सपना सत्य भइसकेको थियो ।
वार्न्स एक निश्चित लक्ष्य छानेको कारण र त्यस लक्ष्यलाई पूरा गर्न आफ्नो इच्छाशक्तिका साथ प्रयास जारी राखेकोमा सफल बनेका थिए ।
साभार : ‘सोच्नुहोस र धनी बन्नुहोस्’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०८
प्रतिक्रिया दिनुहोस्