भारतको नवनिर्वाचित राष्ट्रपति मुर्मूद्वारा सपथ ग्रहण
काठमाडौँ– भारतको राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मूले पद तथा गोपनियताको सपथ लिएकी छन् ।
भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित उनलाई सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनवी रमन्नाले सपथ खुवाएका हुन् । सपथ ग्रहण समारोह नयाँ दिल्लीस्थित संसद भवनको मुख्य हलमा गराइएको थियो ।
६४ वर्षीय मुर्मू भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । यसअघि उनी झारखण्डको राज्यपाल र ओडिशा राज्यको मन्त्री समेत बनेकी थिइन् ।
राष्ट्रपति निर्वाचनमा मुर्मूसँग अटल बिहारी वाजपेयीको सरकारमा वित्त मन्त्री बनेका यशवन्त सिन्हाले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:४७
प्रतिक्रिया दिनुहोस्