म्यानमारमा चार प्रजातन्त्र अभियन्तालाई दिइयो मृत्युदण्ड
काठमाडौँ– म्यानमारमा चार जना प्रजातन्त्र अभियन्तालाई मृत्युदण्ड दिइएको छ । म्यानमारको सैन्य सरकारले उनीहरुलाई आतंकवादी कार्य गर्न सहयोग गरेको आरोपमा मृत्युदण्ड दिएको सोमबार त्यहाँको राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ ।
मृत्युदण्ड दिइएका मध्येमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप(हप कलाकार फ्यो जेया थाउ रहेको ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ।
५३ वर्षीय क्याव मिन र ४१ वर्षीया जेया थाउले गत जुनमा सजायविरुद्धमा अपिल गरेका थिए। जेया थाउ म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका सहयोगीसमेत हुन्।
मृत्युदण्ड पाउने अरु दुई जनामा ह्ला म्यो आङ र आङ थुरा जाव रहेका छन्। चारै जनालाई आतंकवाद विरोधी कानून र दण्ड संहिता अन्तर्गत अभियोग लगाइएको थियो।
पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । गत जनवरी र अप्रिलमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरुविरुद्ध मृत्युदण्डको सजाय सुनाइएको थियो ।
मृत्युदण्ड दिइएको चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:४६
प्रतिक्रिया दिनुहोस्