मिसेस एण्ड मिस गुरुङका अनेक प्रतिभा
काठमाडौं—एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डमा प्रतियोगिताका प्रतिष्पर्धीहरुले आ—आफ्नो प्रतिभा देखाएका थिए ।
प्रतियोगीहरुले नृत्य, वक्तृत्वकला, चित्रकलालगायतका प्रतिभा देखाएका थिए । जसअन्तर्गत ‘मिस गुरुङ’तर्फ सन्ना गुरुङ, सितलदेवी गुरुङ, दीपशीखा गुरुङ, इशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो प्रतिभा देखाए ।
यस्तै ‘मिसेस गुरुङ’तर्फ पबी गुरुङ, हेमा गुरुङ, सिता गुरुङ, निलम गुरुङ, नानु गुरुङ, माया गुरुङ, सरस्वती गुरुङ, विमला गुरुङ, फुलमाया गुरुङ, शर्मिला गुरुङ, लक्ष्मी गुरुङ र ममता गुरुङले प्रतिभा देखाएका थिए ।
पूर्व राज्यमन्त्री पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिनेत्री सञ्चिता लुँइटेल, सञ्चारकर्मी सुर्य चन्द, ‘मिस इण्डीजिनियस–२०२१’ नम्रता तामाङ, सुशीला थापा, रोजिना गुरुङ, राधा थोकर, निरु राई, अजय अधिकारी र सिताराम राना निर्णायक थिए ।
आयोजक शान्ता तामाङका अनुसार गुरुङ जातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी, व्यवसायिक महिलाको आत्मविश्वास अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिष्पर्धीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले सञ्चार दक्षता, कार्यक्रम सञ्चालन, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिलगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२०
प्रतिक्रिया दिनुहोस्