कार्तिक २५ मा आउँदै नेपालमा खिचिएको उचाइ
काठमाडौं– नेपालको हिमाली भेगमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ आगामी ११ नोभेम्बर अर्थात कार्तिक २५ गते रिलिज हुने भएको छ । फिल्म निर्माण कम्पनी राजश्री प्रोडक्सनले सोमबार मिति घोषणा गरेको हो ।
सूरज बडजात्या निर्देशित फिल्म नेपालको लुक्ला, नाम्चे, मनाङलगायतका २५ दिनसम्म छायांकन गरिएका थियो । फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ । फिल्मको सुटिङका लागि अभिनेता अमिताभ बच्चन आउने भनिए पनि उनी अस्वस्थताका कारण आउन सकेनन् । नेपालमा उनको दृश्यमा नेपाली डमी कलाकारले अभिनय गरेका छन् ।
फिल्मले तीन पाका उमेरका साथीको नेपाल भ्रमणको कथा भन्छ । फिल्ममा नेपाली कलाकार परमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:१९
प्रतिक्रिया दिनुहोस्