Nic Ad Nic Ad
Nic Ad Nic Ad

रमितको मुस्कानमा प्रदीप, माधव र लालबाबु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–अभिनेता रमित ढुंगानाले निर्देशन गर्न लागेको फिल्म ‘मुस्कान’मा वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अभिनय गर्ने भएका छन् । एसिड पीडित मुस्कान खातुनको जीवनीमा आधारित रहेर निर्माण गर्न लागिएको फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ । रमितका अनुसार साउन अन्तिमदेखि छायांकनमा जाने फिल्ममा नेताहरुको अभिनय रहने निश्चित भएको छ । ‘उहाँहरुले वास्तविक जीवनमा मुस्कानको जीवनमा सहयोग गर्नुभएकाले त्यही चरित्र अनुसार अभिनय गराउन लागिएको हो’, रमितले भने । फिल्मको प्रमुख भूमिकामा मुस्कानको अभिनय रहनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:१९
प्रतिक्रिया दिनुहोस्