रणवीरको न्यूड फोटोसुटविरुद्ध उजुरी
मुम्बई–अभिनेता रणवीर सिंह हालैको आफ्नो न्यूड फोटोसुटका कारण चर्चामा छन् । बिना पहिरनको उनको फोटोसुटका कारण उनी ट्रोल बनिसकेका छन् । ट्रोलरले रणवीरसँगै उनकी अभिनेत्री पत्नी दीपिका पादुकोणको पनि मजाक बनाएका छन् । अहिले भने उनको यो फोटोसुटविरुद्ध उजुरी परेको छ ।
उनको न्यूड फोटोसुटले भारतीय संस्कृतिको अपमान गरेको भन्दै गैर सरकारी संस्था श्याम मंगरम फाउण्डेसनले मुम्बईको नेम्बूर पुलिस स्टेसनमा अभिनेताविरुद्ध उजुरी दर्ता गराएको छ ।
‘हामी पछिल्लो ६ वर्षयता विधवाका बच्चाहरुको राम्रो भविष्यका लागि काम गरिरहेका छौं । गत साता हामीले रणवीर सिंहका कैयौं न्यूड फोटो भाइरल भएको देख्यौं । यो तस्वीर जुन हिसाबले खिचियो, त्यसले कुनै पनि महिला र पुरुषका लागि लज्जाको विषय बनेको छ’, उजुरीमा भनिएको छ । उसले तस्वीरले महिलाको भावनामा चोट पुगेको दाबी गरेको छ ।
रणवीरले केही दिनअघि पेपर म्यागजिनका लागि एक फोटोसुट गराएका थिए । जुन तस्वीर सामाजिक सञ्जालमा आगो सरी फैलिएको थियो । त्यसो त रणवीर जहिल्यै अन्तरंगी शैलीका कारण चर्चामा आउँछन् । तर रणवीरको यो तस्वीर भने केही पृथक थियो ।
‘यो एक फोटोसुट मात्र हो । यदी कसैले मलाई एक हजार व्यक्तिको अगाडि न्यूड बन्न आग्रह गर्छ भने त्यसमा कुनै फरक पर्दैन’, उनले भनेका थिए ।
–एबीपीलाइभ
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:५४
प्रतिक्रिया दिनुहोस्