Nic Ad Nic Ad
Nic Ad Nic Ad

कति छ मंगलबार विदेशी मुद्राको विनिमय दर ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउदी अरबियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा र बिक्री दर २८ रुपैयाँ ७१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्