दुई दिन उकालो लागेको शेयर बजार झण्डै ४५ अंकले घट्यो
काठमाडौँ - दुई दिन उच्च अंकले उकालो लागेको शेयर बजार आज (मंगलबार) २०८८ अंकमा झरेको छ । ४४.८० अंक घटेसँगै नेप्से २१ सयभन्दा तल झरेको छ । मंगलबार ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब १० करोडको भएको थियो ।
१६५ कम्पनीको मूल्य घट्यो भने १५ को बढ्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ २५, विकास बैंक ११४, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत् ४८, जीवन बीमा १३३, उत्पादन ९४, लघुवित्त ११०, निर्जीवन बीमा १०३, अन्य ५७ र ब्यापार ५० अंक घटे ।
मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो । गणपति लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली पावर, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र राधि विद्युत् क्रमशः अगाडि रहे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३४
प्रतिक्रिया दिनुहोस्