Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसीसी बैंकको मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– एन.सी.सी बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेट बाटनै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नु हुनेछ । यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १,५००÷– भन्दा बढी मर्चेन्टहरुमा भिसा क्यूआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ । धन्यवाद ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्