Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैकिङ कसुरमा फरार गुरुङ पक्राउ

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - बैकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी कास्की पोखरा महानगरपालिका-१७ की ४२ वर्षीया निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई मंगलबार टोखाबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित पाँच दिनको कैद सजाय हुने ठहर गरेको थियो । अदालतको फैसलालगत्तै गुरुङ फरार थिइन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्