Nic Ad Nic Ad
Nic Ad Nic Ad

सफलता कसरी हासिल गर्ने ?

बिहीबार, मंसिर ८, २०७९
सफलताले आफ्नो चिनो छाडेर जान्छ । यदि हामीले सफल मानिसका गुण चिनेर त्यसलाई पछ्यायौँ, अनुकरण गर्‍यौँ, व्यवहारमा उतार्न सक्यौँ भने अवश्य सफल हुन्छौँ । सफलता कुनै रहस्यमय कुरा र जादूको छडी पनि त होइन जो छुने बित्तिकै बोल्छ, मिदासको जस्तो सबै सुन होस् । यो त केही महत्वपूर्ण नियम र कुरालाई निरन्तररुपमा अध्ययन र मनन् गरेपछिको सकारात्मक नतिजा हो भने असफलता पनि बारम्बार गल्तीलाई दोहोर्‍याएपछिको नकारात्मक नतिजा हो ? सकारात्मक नतिजाले जीवनशक्तिमा मलजल गर्दछ र जीवन उर्वर बनाउँछ भने नकारात्मक नतिजाले जीवनशक्तिमा कम ऊर्जा प्राप्त हुन्छ । पहिलोले पुरस्कार प्रदान गर्दछ भने दोस्रोले दण्ड । दण्ड र पुरस्कार बीचको फरक आफै तालिका बनाउनुहोस् र असफलताबाट सफलताको पाठ सिकी सफल जीवन बिताउनुहोस् । साभार : ‘दीर्घ जीवनका रहस्यहरु’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३०
प्रतिक्रिया दिनुहोस्