टिन स्टार इन्टरनेसनलमा जाँदै प्रसुनजंग
काठमाडौं–थाइल्याण्डको बैंककमा आगामी साता आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल’मा नेपाली बालगायक प्रसुनजंग पोखरेल सहभागिता जनाउने भएका छन् । ब्राईट प्mयुचर सेकेण्डरी स्कुल, नैकापमा कक्षा ९ मा अध्ययनरत प्रसुनजंगले त्यहाँ आफ्नो गायन कला प्रस्तुत गर्नेछन् ।
प्रसुन परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम ‘डीएसए (डान्स, सिङगिङ एन्ड एक्टिङ) सिङगिङ स्टार २०१९’ को विजेता हुन् ।
देशभरका विभिन्न विद्यालयका करिब हजार प्रतिस्पर्धीमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछि पार्दैै ‘डीएसए सिङगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षिय प्रसुनले ‘टिन स्टार इन्टरनेसनल’मा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका प्रतिभाका बीच आफुलाई प्रतिस्पर्धामा उतार्नेछन् ।
प्रसुनकी आमा विमला पोखरेलले आफूले सधैं सन्तानको रुचि र क्षमतालाई ध्यानमा राखेर पढाईसँगै गायनमा लाग्न पनि सहयोग गर्दै आएको खुलाइन् ।
‘डीएसए सिङगिङ स्टार’का आयोजक संस्था परिवर्तन ईभेन्ट हाउसका निर्देशक राज बराईलीले प्रसुन सन् २०१९ का विजेता भए पनि कोभिड १९ का कारण कार्यक्रम रोकिएकाले अहिले उक्त कार्यक्रमका लागि जान लागेको प्रष्ट्याए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्