टिकटकमा ए मेरो हजुरको चर्चा
काठमाडौं– आगामी भदौ ३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कृष्णलीला’ को गीत ‘ए मेरो हजुर’ले टिकटकमा दिनानुदिन चर्चा पाइरहेको निर्माण पक्षले जनाएको छ । रवी ओड र सुनीता कार्कीको स्वर रहेको गीतमा सेलिब्रेटीदेखि लिएर सर्वसाधारणलेसमेत अधिक टिकटक बनाएका छन् । अहिलेसम्म चार लाख बढी टिकटक बनिसकेको छ भने एक करोड भन्दा बढी भ्यु भइसकेको छ ।
युट्युव च्यानल डिआर म्युजिक एण्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको गीत अहिलेसम्म सवा १७ लाख पटक हेरिसकिएको छ । डा. डिआर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् ।
बाबुल गिरीको संगीत, माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन गरेकोे गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो । यो गीतमा एक दिनमा चालिस हजार वटासम्म टिकटक बनेको जानकारी कोरियोग्राफर माइकलले दिएका छन् ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् ।
कृष्ण जन्माष्टमीको दिनमा प्रदर्शन हुने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । बरिष्ट रंगपत्रकार लक्ष्मण सुवेदीद्वारा लिखित फिल्म पाँचथर, इलाम, झापाका रमणीय स्थलमा छायांकन गरिएको हो ।
शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।
https://www.youtube.com/watch?v=ZAj6embt8OY
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्