न्यूड रणवीरलाई इन्दौरबासीले दिए कपडा
मुम्बई–बलिउड अभिनेता रणवीर सिंह हालका दिनमा आफ्नो न्यूड फोटोसुटका कारण चर्चामा छन् । उनको फोटोसुट सार्वजनिक भएसँगै देशव्यापी विरोध भइरहेको छ । भारतकै राम्रो सहरका रुपमा चिनिएको इन्दौरका बासिन्दाले भने रणवीरको न्यूड फोटोशुट शैलीको फरक किसिमले विरोध गरेका छन् ।
यहाँको ओल्ड पलासियास्थित नेकीको भित्तामा उनको पोस्टर लगाएर त्यहाँ उनका लागि कपडा भेला पारिएको छ । पोस्टरमा ‘मेरो स्वच्छ इन्दौरले ठानेको छ, देशबाट मानसिक फोहोर हटाउनुछ’, भन्दै लेखिएको छ ।
यसबाहेक इन्दौरको नाममा बनेको सामाजिक सञ्जाल पेजहरुमा पनि लगातार ट्रोल गरिएको छ । रणवीरले एक पत्रिकाका लागि न्यूड फोटोसुट गरेपछि सामाजिक सञ्जालमा यो विषयमा गम्भीर बहस सुरु भएको छ ।
इन्दौरमा यो अभियान चलाइरहेका साइक्लिस्ट र व्यापारी निरज याग्निकले एक समाजका रुपमा आफुहरुको पतन हुन लागेको त होइन भन्दै प्रश्न गरेका छन् ।
‘मानिसहरु रणवीरको न्यूडलाई उनको अधिकार भनिरहेका छन् । बालबालिकाहरु जसको दिमाग विकसित भइसकेको छैन, उनीहरु त बलिउड स्टारलाई आँखा चिम्म गरेर भए पनि फलो गरिरहन्छन् । के उनीहरुमाथि रणवीरको यस्तो हर्कतको असर पर्दैन’ उनले प्रश्न गरेका छन् ।
उनले इन्दौरबासीहरु सहयोगको मामलामा सधैं अगाडि रहेकाले कोही नग्न अवस्थामा देखिए उनीहरुलाई कपडा दिने गरेको स्मरण गर्दै रणवीरको हकमा त्यही लागु गरिएको जानकारी दिए । ‘यदि तपाईं एक जोडी कपडा दिन सक्नुहुन्छ भने दिनुहोला, जुन कपडा यी फिल्मका कलाकारलाई काम लाग्न सक्छ’, उनले भनेका छन् ।
–दैनिक भास्कर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५०
प्रतिक्रिया दिनुहोस्