६ वर्षको प्रेमपछि अलग्गिए दिशा र टाइगर
मुम्बई– अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेम चर्चा बलिउडमा ६ वर्षयता जारी थियो । तर अब यो जोडी भने अलग्गिएका छन् । उनीहरुले एकअर्कालाई मिल्ने साथीमात्र भएको दाबी गरेका छन् ।
‘टाइगर र दिशा अब सँगै छैनन् । दुवैजना के कारणले अलग्गिए, त्यो कुरा प्रष्ट छैन । तर अहिले दुवै सिंगल छन्’, उनीहरु निकट स्रोतले भन्यो । टाइगर निकट एक साथीका अनुसार गत सातामात्रै उनीहरु अलग्गिएका हुन् । तर टाइगरले अलग्गिएको बारे कोहीसँग कुरा गरेका छैनन् । उनी अहिले आफ्नो काममा ध्यान केन्द्रीत गरेका छन् ।
हालैको एक अन्तरवार्तामा दिशाले टाइगरको दिमाग बच्चाको जस्तै काम गर्ने भएकाले उनको कामबाट आफू प्रभावित भएको बताएकी थिइन् । उनले आफूलाई मार्सल आर्ट सिक्ने प्रेरणा टाइगरले नै दिएको खुलाएकी थिइन् ।
–एबीपीलाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:०२
प्रतिक्रिया दिनुहोस्