आरियाको आमाबाबु बने प्रशान्त र माथा
काठमाडौं– भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल ३’ विजेता गायक तथा अभिनेता प्रशान्त तामाङ र उनकी पत्नी माथा एली पहिलो सन्तानको अभिभावक बनेका छन् । एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् ।
‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । माया र शुभेच्छा दिने सम्पूर्णलाई धन्यवाद,’ प्रशान्तले सामाजिक सञ्जालमा लेखेका छन् । जोडीले छोरीको नाम आरिया राखेका छन् ।
प्रशान्तले १२ वर्षअघि ’गोर्खा पल्टन’ बाट फिल्ममा डेब्यू गरेका थिए । त्यसपछि सन् २०१५ मा फिल्म ’परदेशी’ मा देखिएका थिए । उनको आगामी फिल्म ’परदेशी २’ दशैंमा प्रदर्शन हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५७
प्रतिक्रिया दिनुहोस्