Nic Ad Nic Ad
Nic Ad Nic Ad

टेलिकमले एसइई अफरसहितको निःशुल्क सिम कार्ड उपलब्ध गराउने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ नेपाल टेलिकमले एसइईका विद्यार्थीहरूका लागि एसइई अफरसहितको निःशुल्क सिम कार्ड उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा अफरहरू उपलब्ध गराउने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त –गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्ने छ । सिम लिइसकेपछि विद्यार्थी दर्ता प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८ज्ञटण्ण्३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ । उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टक टाइम र ३०० वटा एसएमएसको सुविधा तथा नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्