इराकको संसद भवनमा छिरे प्रदर्शनकारी
काठमाडौँ– इराकका शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थक प्रदर्शनकारीहरु राजधानी बगदादस्थित संसद भवनमा प्रवेश गरेका छन् ।
सुरक्षा घेरालाई तोड्नै प्रदर्शनकारीको ठूलो भीड संसद भवनभित्र छिरेको बीबीसीले जनाएको छ ।
संसद भवनभित्र छिरेका प्रदर्शनकारीहरुले नाचगान गरेका तथा टेबलमा सुतेका भिडियो तथा फोटोहरुमा देखिएको छ ।
इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।
अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।
आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:४८
प्रतिक्रिया दिनुहोस्