Nic Ad Nic Ad
Nic Ad Nic Ad

वेस्ट इन्डिजविरुद्ध भारतको क्लीन स्वीप

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षमा वेस्ट इन्डिजमा पहिलो पटक एकदिवसीय शृङ्खला क्लिन गर्न सफल भएको हो ।

तेस्रो एकदिवसीय खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो ।

शुभमन गिल ९८ रनमा अविजित रहे । कप्तान शिखर धवनले ५८ र श्रेयस अय्यरले ४४ रन बनाए । त्यसपछि ठूलो पानी पर्न थाल्यो र भारतीय इनिङ्स त्यहीँ समाप्त भयो। ​डकवर्थ लुइस नियम अनुसार वेस्ट इन्डिजले ३५ ओभरमा २५७ रनको लक्ष्य पायो । तर क्यारेबियन टोली २६ ओभरमा १३७ रनमा सिमित भयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्