Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमिताभलाई हेपाटाइटिस रोगीले रगत दिएपछि...

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–अभिनेता अमिताभ बच्चनले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् । उनले ‘दीवार’, ‘कुली’, ‘मर्द’, ‘शोले’ र ‘नमक हराम’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् । तर, ४० वर्षअघि अमिताभका साथ एक घटना भएको थियो, जुन घटनाको असर उनले अहिलेसम्म भोगिरहेको छ । आज जुलाई २८ मा सारा विश्व हेपाटाइटिस दिवस मनाइरहेको छ । हेपाटाइटिस एक यस्तो रोग हो, जसकारण फोक्सोको नशा खराब हुन्छ र क्यान्सरको खतरासमेत हुन्छ । अमिताभ पनि एक यस्तै रोगसँग जुधिरहेका छन् । अमिताभसँग जोडिएको यो घटना ४० वर्षअघि फिल्म ‘कुली’को सुटिङको समयताकाको हो । यो फिल्मको सुटिङका क्रममा अमिताभ र पुनीत इस्सरबीचको फाइट सिक्वेन्स थियो । यो सिक्वेन्समा पुनीतले अमिताभको पेटमा यति तिब्र रुपमा हिर्काए कि अमिताभको पेटभित्र चोट देखियो । त्यसपछि उनलाई निकै आन्तरिक रक्तस्राव भयो । उनको शरीरमा रगतको कमी देखियो र तुरुन्तै अस्पताल भर्ना गरियो । अस्पताल भर्ना हुनासाथ उनलाई रगत दिइयो । अमिताभलाई रगत दिनका लागि उनका फ्यानको ठूलो भीड अस्पतालमा जम्मा भयो । अमिताभलाई रगत दिन चाहनेको भीडमा एक दाता यस्ता थिए, जो आफैं हेपाटाइटिस रोगसँग जुधिरहेका थिए । अस्पतालका डाक्टरले यिनै रोगीको रगत अमिताभलाई दिए । जसकारण अमिताभ यो रोगबाट संक्रमित भए । फ्यानबाट पाएको रगतले अमिताभ स्वस्थ महशुस गरे पनि करिब १८ वर्षपछि मात्र उनले आफू हेपाटाइटिस–बीबाट पीडित भएको थाहा पाए । सन् २००० मा अमिताभको पेट एक्कासी दुखेपछि उनी डाक्टर कहाँ गए । अमिताभको आँतमा समस्या थियो, जसकारण् उनले डाइवर्टिक्युलाइटिस अफ स्मल इन्टेस्टाइन सर्जरी गराए । यो सर्जरीको समयमा नै उनले आफू लीवर सिरोसिस नामको रोगसँग जुधिरहेको थाहा पाए । अमिताभका अनुसार उनको फोक्सो करिब ७५ प्रतिशत खराब भइसकेको छ । उनीसँग अब २५ प्रतिशतमात्र फोक्सो राम्रो छ । –दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्