Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतमा शुक्रबारबाट ‘गोर्खाः बिनिथ द ब्रेभरी’

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– गोर्खाहरुका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ शुक्रबारबाट बेलायतमा प्रदर्शन हुने भएको छ । निर्देशक प्रदीप शाहीका अनुसार शुक्रबारबाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शनमा आउन लागेको हो । यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ । फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताए । बेलायत प्रदर्शनमा फिल्मलाई ह्याम्पशायर एकाउन्टेन्टले प्रायोजन गरेको छ भने खुकुरी रमले प्रमोशनमा सघाएको छ । आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ । नेपालमा फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्