भारतः छत्तीसगढ राज्यले गाईको गोबरपछि गौमूत्र किन किनिरहेका छ ?
छत्तीसगढ– छत्तीसगढमा गाईको गोबरपछि अब राज्य सरकारले पनि गौमूत्र किन्ने भएको छ ।
गोमूत्र खरिदमा प्रतिलिटर ४ रुपैयाँ दर तोकिएको छ ।
प्रदेशका मुख्यमन्त्री भूपेश बघेलले बिहीबार महिलाको स्व–सहायता समूहलाई ५ लिटर गौ पिसाब बेचेर यो योजनाको सुरुवात गरेका हुन् ।
बदलामा महिला स्वयंसहायता समूहले मुख्यमन्त्रीलाई २० रुपैयाँ दिए ।
प्रदेशका विभिन्न पञ्चायतमा गाई तथा गोरुका लागि बनाइएका गौठानमा गौमूत्र खरिद गरिने छ ।
तर, गौमुत्र खरिद गर्दा यसको शुद्धता परीक्षणका लागि गौठानमा के–कस्ता उपाय अवलम्बन गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
विगत दुई वर्षदेखि छत्तीसगढमा पनि गोबर खरिद भइरहेको छ ।
झारखण्ड, मध्य प्रदेश जस्ता धेरै राज्यहरूले पनि छत्तीसगढको जस्तै गाईको गोबर किन्ने योजना बनाएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१५
प्रतिक्रिया दिनुहोस्