चितवनमा भदौ अन्तिममा लाखेको प्रिमियर
चितवन– आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’ को भदौ २९ गते चितवनमा प्रिमियर शो हुने भएको छ । यहाँ रहेको लक्की मिडिया हाउसले प्रिमियर शो आयोजना गर्न लागेको हो ।
हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले शोमा ‘लाखे’ का कलाकारसँगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने बताए । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली फिल्मका कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।
गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुती रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:२९
प्रतिक्रिया दिनुहोस्