Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्सेमा दोहोरो अंकको वृद्धि, झण्डै पाँच अर्बको कारोबार

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - शेयर बजार परिसूचक नेप्से आज (बिहीबार) दोहोरो अंकले बढेको छ । बुधबार २४ अंकले बढेको नेप्से आज १५.४४ अंक (०.७३ प्रतिशत)ले बढेर दुई हजार १२७.४७ को विन्दुमा पुगेको छ ।

आज दिनभर २२१ कम्पनीका एक करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच भएको छ । दिनभर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४०५.६२ को विन्दुमा पुगेको छ ।

आज १३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने तीन वटा उपसमूहको परिसूचक घटेको छ । आज सर्वाधिक धेरै फाइनान्स समूहको ३.१३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्