सेबोनको नीति तथा कार्यक्रमः सेयर बजारमा हुने चलखेललाई रोक्न 'एआई' प्रयोग गर्ने
काठमाडौँ– नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने चलखेल एवं अनुचित कृयाकलापलाई नियन्त्रण गर्न आर्टिफियल इण्टिलिजेन्स (एआई) प्रयोग गर्ने भएको छ ।
बिहीबार सेबोनले ल्याएको आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा सो कुरा उल्लेख भएको हो ।
यस्तै, धितोपत्रको दोस्रो बजारमा गैर आवसीय नेपालीहरुको लगानी खुल्ला गर्ने धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने उल्लेख गरेको छ ।
अब देखि बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने नीति लिएको छ ।
त्यस्तै, सेबोनले लगानीकर्ताहरुलाई हुन सक्ने क्षतिबाट जोगाउन श्रतिपूीत कोष सञ्चालनमा ल्याउने भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:३१
प्रतिक्रिया दिनुहोस्