जयसूर्याको पाँच विकेटसँगै श्रीलंकाद्वारा सिरिज बराबरी
काेलाेम्बाे– स्पिनर प्रभाथ जयसूर्याले फेरि पाँच विकेट लिँदै श्रीलंकालाई शृङ्खला हार्नबाट बचाएका छन् । उनले पाँच विकेट लिएपछि पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेट श्रीलंकाले २६४ रनले जितेको छ । योसँगै टेष्ट शृङ्खला १–१ को बराबरीमा सकिएको छ ।
जितका लागि पाकिस्तानलाई ५०८ रन चाहिएको थियो तर, प्रभाथको पाँच विकेटसहित श्रीलंकाली बलरको कसिलो बलिङ सामु पाकिस्तानी ब्याटर फिका भए । पाकिस्तान २६१ रन मै अल आउट भयो । कप्तान बाबर आजमले ८१ रन बनाएपनि टिमलाई जिताउन त्यो पर्याप्त भएन ।
३० वर्षीय प्रभाथ बायाँ हाते स्पिनर हुन्। उनले यहि महिनाको सुरुमा अष्ट्रेलियाविरुद्ध आफ्नो टेस्ट डेब्यु गरेका थिए । उनले टेस्टमा चाैथोपटक पाँच विकेट लिएका हुन्। उनले अहिलेसम्म तीन टेष्टमा २९ विकेट लिइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२२
प्रतिक्रिया दिनुहोस्