प्राधिकरणले भारतमा बिजुली बेचेर कमायो साढे तीन अर्ब
काठमाडौँ - नेपालले दुई महिनामा भारतलाई बिजुली बेचेर साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्वीटरमार्फत् यस्तो जानकारी गराएका हुन् । नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत निर्यात शुरु गरेको थियो ।
‘शुभ समाचार भन्दै’ प्रबन्ध निर्देशक घिसिङ्ले लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाएको छ ।’
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली निर्यात गरिरहेको छ । दुई देशबीच भएको सहमतिअनुसार नेपालले भारतलाई ३६४ मेघावाटसम्म विद्युत निर्यात गर्न पाउने छ । नेपालका ६ वटा जलविद्युत आयोजनामा उत्पादित विद्युत् खरिद गर्न भारतले सहमति जनाएको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।
https://twitter.com/kulmanghNea3/status/1552501628078800896?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1552501628078800896%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.nayapatrikadaily.com%2Fnews-details%2F92072%2F2022-07-28
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०४
प्रतिक्रिया दिनुहोस्