Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगंज भएर तेस्रो मुलुकतर्फ हुने निर्यातमा ५० प्रतिशतले वृद्धि

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ- देशकै प्रमुख व्यापारिक नाका वीरगंज भएर भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा वीरगंज नाका भएर हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भई ८० अर्ब ४९करोड बढीको सामान निर्यात भएको हो । त्यस अघिको अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड मूल्य बराबरको नेपाली वस्तुको बीरगंज नाकाबाट निर्यात भएको थियो । वीरगंज नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्