लजाउने वा कुरा गर्न नआउनेलाई विशेष टिप्स, यसरी थाल्नुहोस् कुरा
कतिपय मानिस यति लजालु वा शान्त स्वभावका हुन्छन् कि एकअर्कामा कुराकानि गर्नु पर्याे भने हिच्किचाउँछन् । कतै पाहुना जादा होस् वा अपरीचितसंग कुरा गर्दा होस् उनीहरु कसरी कुरा शुरु गर्ने, के कुराकानि गर्ने भन्नेमा द्धिविधा हुन्छ र नबोली बस्ने गर्दछन् ।
अझ कपिपय पुरुष त महिलासंग कुरा गर्नुपर्याे भने लजाएर भुतुक्कै हुन्छन् । यदि तपाईमा पनि यस्तो समस्या छ भने कुराकानिको शुरुवात गर्ने बारेको यो टिप्स उपयोगी हुन सक्छ ।
– कुरा गर्न असहज लागेको भए भेट्नासाथ सर्वप्रथम मनको डर हटाउनु पर्दछ । यस्तोमा मौसम, यात्रा, वा हालखबरबाट कुरा शुरु गर्न सकिन्छ ।
– अब बिस्तारै कुरा गर्ने मानिसको भावना बुझेर सोहि अनुसारको कुरालाई बढाउदै लानु पर्दछ । यसमा आफ्नो रुचि भन्दा कुरा गरीरहेको मानिसको बारेमा बुझेर कुरा गर्नु पर्दछ ।
– कुरा गर्दै जादा बिषयहरु सकिए भने बाल्यकालका सम्झना, आगामि दिनको योजना, तत्कालको बिषय लगायतको कुरा गर्दा कुरा गर्ने मानिस तपाईसंग खुलेर कुरा गर्न सक्छ ।
– कुराकानीको बिचमा अर्काे व्यक्तिको व्यवहार समेत ख्याल गर्नु पर्दछ । यदि तपाईले कुरा गर्दा अर्काे व्यक्तिले मोवाइल वा अन्यत्र ध्यान दिएमा बिस्तारै कुराकानि बन्द गर्नु पर्दछ ।
– यदि कुरा गर्दा तपाईहरु नजिक हुनुहुन्छ भने अलि टाढा टाढा बस्नुहोस् । जसले दुबैले एकअर्कालाई हेर्न सकियोस् । धेरै नजिक उभिएर बोल्दा असहज हुनसक्छ ।
– यदि कुराकानीको बिचमा अर्काे ब्यक्तिको ध्यान तपाईंका कुरामा छैन भने रमाइला प्रसंग निकालेर कुरा बढाउन सकिन्छ । तर उट्पट्याङ, अश्लिल वा हाउभाउ बनाउनु हुदैँन ।
– यदि तपाईसंग कुराकानिमा घुलमिल हुदै गएको निश्चित छ भने केहि जिस्काउन सकिन्छ । तर नाता, परिस्थिती र मुडलाई ध्यान दिनुपर्ने हुन्छ । यदि सहज छ भने यसले उनीहरुसंग नजिकिन मद्दत गर्न सक्छ । तर यो सबै बेला उपयुक्त नहुन सक्छ ।
– बोल्दै जाँदा आत्मिय व्यवहार गर्नु पर्दछ । महिला तथा वृद्धहरु आफ्ना कुरा सुनाउन खोज्दछन्, त्यसलाई पुर्ण सुन्नु पर्दछ । आमाबुवाको कुरा हो भने तपाई सुनिरहनु होस् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०३
प्रतिक्रिया दिनुहोस्