Nic Ad Nic Ad
Nic Ad Nic Ad

बर्मिङ्घममा कमनवेल्थ खेल सुरु

बिहीबार, मंसिर ८, २०७९
लण्डन– २२ औं कमनवेल्थ खेल बेलायतको बर्मिङ्घममा सुरु भएको छ । बेलायतका युवराज प्रिन्स चार्ल्सले बिहीबार बर्मिङ्घमको अलेक्ज्याण्डर स्टेडियममा खेलहरूको उद्घाटन गरे। अगस्ट ८ सम्म चल्ने कमनवेल्थ गेम्समा ७२ देश र क्षेत्रका पाँच हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । यसपटक १९ खेलमा २ सय ८० पदक छन् । यसअघि बेलायतमा सन् २०१४ मा ग्लास्गो र सन् २००२ मा म्यानचेस्टरमा कमनवेल्थ खेल आयोजना भएको थियो । कार्यक्रममा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि सहभागी भएकी थिइन् । उनले आफ्नो भाषणमा शिक्षाको महत्वलाई जोड दिइन् । त्यस्तै, यसपटकको कमनवेल्थ खेलमा क्रिकेट पनि समावेश गरिएको छ । तर, महिला क्रिकेटले मात्रै स्थान पाएको छ । पहिलो खेल भारत र अष्ट्रेलिया महिला क्रिकेट टिमबीच जुलाई २९ मा हुनेछ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्