यति एयरलाइन्सको जहाजमा प्राविधिक खराबी देखिएपछि विराटनगर–काठमाडौँको उडान रोकियाे
काठमाडौँ– यति एयरलाइन्सको जहाजमा प्राविधिक खराबी देखिएपछि विराटनगर–काठमाडौँको उडान रोकिएको छ।
विराटनगर विमानस्थलबाट शुक्रबार बिहान ७:३० बजे उडान भर्ने क्रममा जहाजमा खराबी आएपछि उडान रोकिएको विमानका विराटनगरका स्टेसन इन्चार्ज प्रेम कुँवरले जानकारी दिए।
काठमाडौँबाट विराटनगर विमानस्थलमा बिहीबार राति होल्ड भएको उडान वाइटी ७८६ नम्बरको जहाज विहान ६० जना यात्रुसहित फर्कने क्रममा रहेको थियो। उडानको तयारीमा एक्कासि जहाजमा खराबी देखिएपछि जहाजलाई विराटनगरमै रोकिएको छ।
स्टेसन म्यानेजर कुँवरका अनुसार जहाज ‘स्टार्ट’को तयारी हुँदै गर्दा इन्डिकेटरमा खराबी देखिएको हो।
धावनमार्गमा रहेको जहाजमा यात्रुहरू सिटमा बसिसकेपछि स्टार्टको तयारी हुँदै गर्दा खरावी देखिएपछि सबैलाई तत्काल जहाजबाट ओरालिएको उनले जानकारी दिए।
यति एयरलाइन्सले हाल जहाजमा देखिएको समस्या पहिचान र निदानका काठमाडौँबाट प्राविधिक झिकाइसकिएको जनाएको छ।
कहिलेकाही जहाजमा प्राविधिक समस्या देखिने बताएका कुवँरले समस्या समाधानपछि उडान भर्ने जनाए। यद्यपि, यात्रुलाई गन्तव्यमा पुर्याउनका लागि काठमाडौँबाट अर्को जहाज आउने क्रममा रहेको उनको भनाइ छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:०२
प्रतिक्रिया दिनुहोस्