Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालीले पान चपाएर नै सकाए एक वर्षमा ३ करोड १४ लाख

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार