Nic Ad Nic Ad
Nic Ad Nic Ad

अक्षयविरुद्ध उजुरीको तयारी

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–अभिनेता अक्षय कुमारको फिल्म ‘राम सेतु’ र उनीविरुद्ध अदालतमा उजुरीको तयारी भएको छ । बीजेपी नेता र सांसद सुब्रमण्यम स्वामीले एक ट्वीट गर्दै आफू फिल्म र अक्षयविरुद्ध उजुरीको तयारीमा रहेको जानकारी दिएका हुन् । ‘म अभिनेता अक्षय कुमार र उनको कर्मा मिडियाविरुद्ध उजुरी दिने तयारीमा छु, किनकी उनले आफ्नो फिल्म ‘राम सेतु’मा गलत धारणा प्रस्तुत गरेका छन् । जसकारण राम सेतुको इमेजमा धेरै नोक्सान पुगेको छ । मेरो अधिवक्ता सत्य सभरवाल यो मामलालाई हेरिरहेका छन्’, उनले ट्वीट गरेका छन् । गत अप्रिलमा फिल्मको एक पोस्टर सार्वजनिक भएको थियो । पोस्टरमा अक्षय कुमार र ज्याकलिन फर्नान्डिजले केही खोजिरहेको देखाइएको थियो । पोस्टरमा सत्यदेव पनि थियो । पोस्टर हेर्दा तीनै जना कुनै एक गुफामा पुगेको र मसाल बालेर केही खोजिरहेको अनुमान लगाइएको थियो । –दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०३
प्रतिक्रिया दिनुहोस्