Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से १२.९२ अंकले बढ्यो, २ अर्ब १९ करोड रुपैयाँको कारोबार

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ – शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज शुक्रवार १२ दशमलव ९२ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ३९ विन्दुमा पुगेको छ । आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो । आज रिलायन्स लाइफ इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे तीन प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:४५
प्रतिक्रिया दिनुहोस्